नेता गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत

विविध

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त एक सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमले मनोनीत गरेकी छिन्। सरकारी उच्चस्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा तत्कालै राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष हुनेछ। २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम पटक पटकको प्रयासपछि  राष्ट्रियसभा सदस्य बन्न सफल भएका हुन्। मन्त्रपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा मगंलबार सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेता गौतमको मनोनयनबारे समय आएपछि जानकारी भइहाल्छ नि भन्दै अस्पष्ट उत्तर दिएका थिए। नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा नभएपनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीले नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयमा सरकार पुगेको पार्टी सचिवालय बैठकमा सुनाएका थिए।