जन्म भएको महिना, दिन, गते, बार तथा समयले मानिसको जीवनमा निकै प्रभाव पारेको हुन्छ । कोही मानिस यति भाग्यमानी हुन्छन् कि उनीहरुले हरेक कार्यमा सफलता हाँसिल गर्छन्। हाम्रो समाजमा महिलालाई लक्ष्मीको रुप मानिन्छ । लक्ष्मीलाई धनकी देवी भनेर पुजा गर्ने गरिन्छ । यी चार महिनामा जन्मिएका महिलाहरुलाई लक्ष्मीको सधै साथ हुन्छ।
फेब्रुअरी : यो महिनामा जन्मिने महिलाहरु निकै बुद्धिमान हुने गर्छन् । ग्रह चालको कारण फेब्रुअरी महिनामा जन्मिने महिलाहरुको विवाहपछि पनि भाग्य निकै चम्कन्छ ।
अप्रिल : यो महिनामा जन्मिने महिलाहरु छिट्टै आफ्नो लक्ष्यमा पुग्ने गर्छन् । सधै भाग्यले साथ दिने भएकाले उनीहरु प्रगतिको पथमा हुने गर्छन् । विवापछि पनि उनीहरुको कारण पतिलाई शुभ नै शुभ हुनेछ ।

जुन : जुन महिनामा जन्मेका महिलालाई भाग्यले सधै साथ दिएको हुन्छ । उनीहरु जुझारु र कर्मठ हुने भएकाले मेहनतलाई खेर जान दिँदैनन् । त्यसकारण यो महिनामा जन्मिने महिलालाई भाग्यले सधै साथ दिन्छ ।
सेप्टेम्बर : यो महिनामा जन्मने महिलाहरु मेहनत नगरेपनि सजिलै सफलता पाउन सक्छन् । उनीहरुले विवाहको लागि पनि धनि केटा भेट्छन् ।
