उपत्यकामा मात्रै ५९७ जनामा कोरोना संक्रमण पुष्टि

विविध

उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ५९७ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत शुक्रबार भने उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी ६९६ जनामा कोरोना पुष्टि भएको थियो ।