तीन सय नौ किलो गाँजा बरामद

विविध

सर्लाही प्रहरीले ट्र’कमा लुकाएर भारततर्फ लाँदै गरि’एको तीन सय नौ किलो लागूऔषध गाँ’जा बरामद गरेको छ । ग्रामी’ण सडक हुँदै ना ४ ख ७७४८ नं. को १० चक्के ट्रकमा लैजाँदै गरिएको गाँजा प्रहरीले बरामद गरेको हो। ।पर्सा गाउँपालिका–५, डोमोवा टोलस्थित चिरान मिल अगाडि एकान्त स्थानमा सवारी साधन र मानिसहरुलाई चेकजाँच गर्ने क्रममा गाँजा लोड गरिएको ट्रकका चालक प्रहरीलाई देख्नासाथ स्टार्ट अवस्थामै ट्रक छाडेर फरार भएका थिए । तत्कालै ट्रकमा खानतलासी गर्दा ढालाभित्र लुकाएर राखिएको नौ वटा पोकामा ३१ किलोका दरले २७९ किलो र दुई वटा पोकामा १५ किलोका दरले ३० किलो गरी जम्मा ३०९ किलो गाँजा बरामद भएको हो।

फरार ट्रकका चालक र गाँजा ओसारपसारमा संलग्नहरुको खोजी तथा अन्य अनुसन्धानको काम भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।