संसद अवरोध हुँदा समेत बैठक भत्तावापत लाखाैं रकम खर्च

विविध

काठमाडौं, १८ साउन । सदनमा आफूले उठाएको बिषयमा संबोधन नभएको भन्दै सदन अवरुद्ध गर्ने काम नेपालमा नौलो होइन । यस्तो कार्य बर्षौदेखी चलिरहेको छ । पछिल्लो समय सर्लाहीको दुइ छुट्टा छुट्टै घटनालाई लिएर संसदीय छानविन समिति गठन गरी सत्य तथ्य वाहीर ल्याउनुपर्ने माग गर्दै असार २४ गतेदेखी लगातार रुपमा प्रतिपक्षीदल नेपाली कांग्रेस र राजपाले संघीय संसद अवरुद्ध गर्दै आएका छन् ।एक पटक सदन चल्दा सांसदहरुलाई यातायात खर्च र भत्तागरी कुल २ हजार, सदनमा खटिएका अतिरिक्त कर्मचारीहरुलाई दिनुपर्ने वोनस, पानी विजुली, इन्टरनेट गरी वैठक समयमा करिव ७ लाख खर्च हुने गरेको छ ।सदन अवरुद्ध हुँदा दैनीक ७ लाखका दरले हालसम्म करिव ३५ लाख रकम खर्च भइसकेको छ । आफुहरुले राज्यलाई तिर्ने कर वापत सांसदहरुले तलव भक्ता खाने तर आफ्ना सरोकारका विषयहरुको सम्बोधनको साटो विभिन्न वहानामा सदन अवरुद्ध गर्ने प्रवृति गलत भएको सर्वसाधारणहरु वताउँछन् ।

सर्वसाधारण जस्तै कतिपय सांसदहरुपनि वैठक अवरुद्ध गर्नै नहुने वताउँछन् । चित्त नवुझेको कुराहरु छलफल गरेर समाधान खोज्नुपर्ने तर सदन नै अवरुद्ध गर्न नहुने कतिपय सरोकारवालाहरुको भनाइ छ ।वैठक अवरुद्ध गर्ने परम्परा पुरानो भएको र यसको विकल्प खोज्नुपर्ने तथा सदन अवरुद्ध गर्ने दिनको वैठक भत्ता समेत वुझ्न नहुने राष्ट्रीय सभाका सदस्य रामनारायण बिँडारीको सुझाव छ । सदन भनेको जनताको फाइदाको लागी छलफल हुने थलो भएकाले चित्त नबुझेका कुराहरु सदनमा छलफलमा ल्यायर निश्कर्ष निकाल्नु पर्ने तर चित्त नबुझको भनेर सदन अवरुद्ध गर्ने प्रबृत्ति गलत भएको नागरीक अगुवाहरु बताउँछन् ।सदन अवरुद्ध हुँदा राज्यकोषको लाखौ रकम खर्च भैरहेको छ । सत्ता पक्ष र प्रतिपक्षको आ आफ्नो अडानका कारण अवरुद्ध सदन खुल्न सकेको छैन सदन चलाउने विषयमा सभामुख कृष्णबहादुर महराले १६ गते सर्वदीय बैठक वोलाएर सहमती जुटाउन खोजेपनि सहमती जुट्न नसक्दा अर्को बैठक साउन २० गते वोलाइएको छ । तर सत्ता पक्ष र विपक्षीको अडानका कारण सोमवारको बैठक पनि वस्न सक्ला र भन्ने प्रश्न उव्जिएको छ ।