नेपाल भारत सम्बन्ध समानताको आधारमा हुन्छ : विजय चौथाईवाले

विविध

काठमाडौं । १७ साउन ।  भारतीय जनता पार्टीका विदेश मामिला इन्चार्ज डा. विजय चौथाईवाले नेपाल भारत सम्बन्ध समानताका आधारमा रहने बताएकाछन् । काठमाडौंमा नेपाल भारत मैत्री समाजद्धारा आयोजित कार्यक्रममा बोल्दै चौथाईवालेले समानता र सह–कार्य नेपाल भारत सम्बन्धको महत्वपूर्ण आधार रहेको बताए ।भारतले नेपालमा अनावश्यक चासो राखेको र भारतले नेपाललाई आफ्नो डिजाइनमा पार्न चाहेको हल्लाप्रति विमती राखेका चौथाईवालेले भारतले नेपालसँग समान स्तरमा सम्बन्ध राख्ने स्पष्ट पारे । दुईदिने नेपाल भ्रमणमा काठमाडौं आएका चौथाइवालेले भारत विश्व राजनीतिको दायरामा फैलिँदै गएको समयमा कसैसँग पनि असमान सम्बन्ध राख्ने पक्षमा नभएको दाबी गरे ।भारतले आन्तरिक र विदेश नीति दुवैमार्फत छिमेकी देशलाई सहयोग गर्न चाहेको बताउँदै चौथाइवालेले भने, ‘प्रविधि, उद्योग तथा अन्य क्षेत्रमा हामी विन–विन अवस्थामा काम गर्न चाहान्छौं ।’नेपाल भारतबीच व्यवहारिक र सभ्यताको सम्बन्ध पनि कायम रहने भन्दै चौथाईवालाले भने, ‘भारत नेपालसँग समानताको आधारमा सहयोगी हात बाँड्न चाहान्छ ।’भारतीय प्रधानमन्त्री मोदीको दोस्रो जितले विश्व एरिनामा बढेको भारतको उचाईलाई बरकरार राख्न पनि भारत नेपालसँग समान सम्बन्ध कायम गर्ने खोजिरहेको उनले बताए । उनले भने, ‘दुई देशबीच सय प्रतिशत सहमति हुन्छ भन्ने होइन । केही असहमति र स्वार्थ हुन्छन् । तर पनि विश्वास र साझा सम्मानबीच सम्बन्ध बनाउनुपर्छ ।’सभ्यताको सम्बन्ध स्थापित गर्ने उदेश्य सहित नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र मुक्तिनाथ भ्रमण गरेको उनले बताए ।समाजले आयोजना गरेको कार्यक्रममा भारतीय राजदुत मञ्जिवसिहँ पुरीले चौथाईवालेलाई स्वागत गरेका थिए । यस्तै कार्यक्रममा नेपाली कुटनीतिज्ञ र राजनीतिक नेताको उपस्थिती थियो ।