प्रधानमन्त्रीद्वारा पुनर्निर्मित परोपकार प्रसुति अस्पताल भवनको उद्घाटन

विविध

काठमाडौं, २७ असार । भूकम्पले क्षति पुर्याएको राजधानीको थापाथली स्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल भवनको पुनर्निर्माण सम्पन्न भएको छ । शुक्रबार पुनर्निर्माण गरिएको सो अस्पताल भवनको एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालले भोग्दै आएको पार्किङ लगायत अन्य समस्या सरकारले छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौं बाहिर पनि प्रसुति सम्बन्धि अत्याधुनिक अस्पताल स्थापना गर्ने योजना तय गरिएको जानकारी दिनु भएको थियो ।पुनर्निर्मित सो भवनमा ४ सय १५ शैयाको व्यवस्था गरिएको छ । अस्पतालको पुनर्निर्माणमा जापान सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।