६ सय प्राविधिकको कोरोना बीमा गर्दै महानायक राजेश हमाल

विविध

अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आवद्ध ६ सय प्राविधिकको कोरोना बिमा गर्ने भएका छन् । केही समय अगाडि भएको प्राविधिक संघका पदाधिकारीहरुसँगको भेटमा राजेशले सो प्रतिवद्धता व्यक्त गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए ।

‘कोरोना बीमाका लागि राजेश दाइले नामावली लिएर आउन समेत भनिसक्नु भएको छ’ लामाले भने ‘हामीले संघमा नामको बिषयमा छलफल गर्न बाँकी रहेको दिन सकेका छैनौ ।’

लामाका अनुसार राजेशले ६ सय प्राबिधिकको बिमाको अलवा आर्थिक अवस्था कमजोर रहेका केही सदस्यलाई समेत आर्थीक सहयोग गर्ने भएका छन् ।

हाल प्रबिधिक संघमा १३ सय बढी सदस्यहरु रहेका छन् । ति मध्य करिब ६ सय भने चलचित्रको काममा पछिल्लो समयसम्म पनि सक्रिय प्राबिधिक हुन् । पहिलो चरणमा उनीहरुकै बिमा गरिने उपाध्यक्ष लामाले बताए ।

‘हामी बिमाका लागि प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली पठाउने तरखरमा थियौ’ लामाले अगाडि थपे ‘तर सरकारले गरेको अचानकको निषेधाज्ञाले बैठक बस्न सकेका छैनौ ।’ निषेधाज्ञा खुल्ने बितिक्कै बैठक बसेर बीमाका लागि राजेशलाई नाम पठाउने लामाको भनाई रहेको छ ।