भदौ १६ देखि आन्तरिक हवाई सञ्चालन गर्न नदिए वायुसेवा सञ्चालकहरुले आन्दोलन गर्ने

विविध

वायुसेवा सञ्चालकहरुले आगामी भदौ १६ गतेपछि पनि आन्तरिक हवाई सेवा पुनः सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

लकडाउन संगै अरबौं घाटा भैसकेको र सेवा नै बन्द हुने अवस्था आएको उनिहरुको जिकिर छ ।

संघले विज्ञप्ती जारी गर्दै हवाई सेवा उद्योगलाई तत्काल सेवामा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भन्दै सेवा सुचालु गर्न सरकार समक्ष माग गरेको हो ।

संघले कोभिड १९ पछि डब्ल्युएचओ र आईकाओको मापदण्ड र नेपाल सरकारबाट निर्देशित मापदण्ड अनुसार नै वायुसेवा कम्पनीहरु उडानका लागि तयार रहेको पनि स्पष्ट पारेको छ ।

लामो समयसम्म कम्पनी सञ्चालनमा आउन नसक्दा दैनिक आर्थिक क्षति व्यहोरिरहेको भन्दै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डसहित सेवा सुचारु गर्न संघले माग गरेको हो ।

सरकारले चाहेमा तत्कालै टिकेटिङ सिस्टमबाट हवाई सेवा प्रयोग गर्ने ग्राहकको कन्टयाक्ट टेसिङ पनि सजिलो रहेको संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

हवाई सेवा बन्द हुँदा हजारौंले रोजगारी गुमाउनुका साथै हवाई उद्योग नै धरासायी बन्दै गइरहेको संघले जनाएको छ ।