अख्तियारका प्रमुख घिमिरेमा काेराेना संक्रमण पुष्टि थप सामग्री

विविध

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।

सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

उनी संक्रमण देखिएका पहिलाे  उच्च अधिकारी हुन् । अख्तियारको केन्द्रीय कार्यालयमा कार्यरत ३ दर्जनभन्दा बढी सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।