धनगढी उपमहानगरपालिका छाडा छोडिएका “गौ” वंशहरुलाई “Visible Reflecting Belt”

विविध

राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीको संयोजकत्व तथा श्री गुरु गोरखनाथ गौ सेवा-संरक्षण केन्द्र नेपाल, गोरखनाथधाम, गोदावरी कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका (प्राथमिक चरणमा मेनरोड, भन्सार) लाइनमा छाडा रुपमा छोडिएका केहि(४३) “गौ” वंशहरुलाई “Visible Reflecting Belt” बांधिएको छ। रातको समयमा सडक दुर्घटनामा चौपाया नपरुन भन्ने उदेस्यले यो कार्यको थालनी गरिएको हो। मौसमको प्रतिकुलता र प्राबिधिक अभावका कारण यश कार्यलाई गति दिन नसकिएपनी यो कार्य निरन्तर चलिरहने राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले जनाएको छ।