अभिनेता अभिषेक बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अभिनेता अभिषेकसँगै परिवारका सदस्य अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आरध्यामा कोरोना संक्रमण भएको थियो । त्यस्तै अमिताभ, ऐश्वर्या र आरध्या पनि कोरोना जितेर घर फर्किसकेका छन् ।
