गृहमन्त्री थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

विविध

गृहमन्त्री  – रामबहादुर थापा बादलको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोभिड -१९ भएको पुष्टि भएपछि गृहमन्त्री थापाको पनि कोभिड -१९ परीक्षण गरिएको थियो । गृहमन्त्रीको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् ।

कारोना देखिएका मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।