राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न रोक

विविध

भोलिदेखि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा भएका जिल्ला तथा क्षेत्रमा सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न रोक लगाएको छ ।

गृहमन्त्रालले आज प्रेस विज्ञप्ति जारी गरेर २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला तथा क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडुल गर्न रोक लगाएको जानकारी दिएको हो ।

साथै सरकारले कोरोना संक्रमण धेरै भएका जिल्लाहरूमा जोड विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । प्रवक्ता बुढाका अनुसार उपत्यकासहित २ सय बढी सक्रिय संक्रमित भएका जिल्लामा भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधानमा जोर विजोर प्रणाली लागू गरिएको हो ।