instakhabar | प्रकाशित मिति: २०७७ श्रावण २१, बुधबार १७:२४
ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो साढे ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो ।
भूकम्पको धक्का उपत्यकाको विभिन्न स्थानमा महसुस गरिएको थियो ।