पर्साकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

विविध

पर्साकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । पोखरीया नगरपालिका वडा नम्बर ९ की १८ वर्षीया युवतीमा मृत्युपछि संक्रमण पुष्टि भएको हो । बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै गत सोमबार युवतीको मृत्यु भएको थियो ।

मृत्युपछि कोरोना संक्रमणको शंकामा स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । मृतक युवतीमा कोरोना पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या १४ पुगेको छ । देशभर भने मृतकको संख्या ५९ पुगेको छ ।