आईपीएलको मुख्य प्रायोजकबाट बाहिरियाे चिनियाँ मोबाईल कम्पनी भिभो

विविध

ईण्डियन प्रिमियर लिग (आईपीएल)को मुख्य प्रायोजकबाट चिनियाँ मोबाईल कम्पनी भिभो बाहिरीएको छ । भारतले चिनियाँ समान उत्पादन नगर्ने रणनीति अघिसारेसँगै भिडो सन् २०२०को संस्करणबाट बाहिरीएको हो ।

भिभोले सन् २०१७मा आईपीएलको प्रायोजनको ‘बिड’ जितेको थियो। सन् २०२२सम्म रहेको उक्त सम्झौतामा यसपालीको प्रायोजनबाट भिभो बाहिर निस्केको भारतीय संचार माध्यमहरुले जनाएका छन्। भीभोले सन् २०२१, २०२२ र २०२३ मा प्रायोजन गर्ने बताएको छ।

कोरोना भाईरस महामारीका कारण यसपालीको आईपीएल भारतबाट बाहिर संयुक्त अरब ईमिरेट्सको दुबईमा हुने सक्ने सम्भावना रहेको छ ।

गलवान उपत्यकामा भारत र चिनियाँ सैनिकबीच भएको भिडन्तपछि पछिल्लो समय भारतले विस्तारवाद चीनलाई पाखा लगाउँदै आएको छ ।

एजेन्सी