टिकटकसँग ट्रम्पको सर्त

विविध

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकले अमेरिकामा गर्ने व्यवसाय अमेरिकी संस्थाले किनेमा त्यसबाट अमेरिकी सरकारले पैसा पाउनुपर्ने बताएका छन्।

ट्रम्पले आफूले माइक्रोसफ्टको उच्चपदस्थ कर्मचारीसँग सप्ताहान्तमा फोनमा कुराकानी गर्दा खरिद रकमको राम्रो भाग माग गरेको बताएका हुन्।

उनले चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले सेप्टेम्बर १५ सम्म विक्रीको सहमति नगरे उक्त एपलाई प्रतिबन्ध लगाउने बताएका छन्।

ट्रम्पले चिनियाँ कम्पनीहरूमाथि निगरानी गर्ने बताएपछि बाइटडान्सलाई टिकटकको अमेरिका व्यवसाय बेच्न दबाव परेको छ,

ट्रम्प प्रशासनले टिकटकले चिनियाँ सरकारलाई तथ्याङ्क उपलब्ध गराएको आरोप लगाएको छ जसलाई टिकटक र बेइजिङले अस्वीकार गरेका छन्।

“अमेरिकाले विक्री रकमको ठूलो प्रतिशत पाउनुपर्छ किनभने हामी त्यसलाई सम्भव बनाइरहेका छौँ,” ट्रम्पले भने।

सर्त

अमेरिकी सरकारलाई पैसा दिनुपर्ने सर्तले किनबेचको छलफल गरिरहेका कानुनविज्ञहरूलाई थप असहज बनाएको छ किनभने किनबेचको सरकारी अनुमतिका लागि यस्तो सर्त असामान्य छ।

वकिल निकोलस क्लेनले सरकारलाई निजी व्यवसाय किनबेचबाट पैसा लिने अधिकार छैन।

टिकटक

चीनमा सरकारी चाइना डेली समाचारपत्रले मङ्गलवार चिनियाँ सरकारले चिनियाँ प्रविधि कम्पनीको चोरी नसहने लेखेको छ।

सम्पादकीयमा उक्त पत्रिकाले अमेरिकाले त्यसो गरेमा त्यसको उत्तर दिन चीनसँग यथेष्ट उपाय भएको बताएको छ। मिट टेक्नोलोजी रिभ्यूका संवाददाता शार्लोट जीले ट्रम्पको कुरा अचम्मको रहेको बताएकी छन्।

उनले बीबीसी टुडेलाई भनिन्, “यो त झन्डै माफियाको जस्तो व्यवहार हो। प्रतिबन्धको धम्की दिएर विक्री रकम कम गर्ने अनि त्यसपछि त्यसबाट हामीले पनि पैसा पाउनुपर्छ भन्ने।”

त्यसबाट हामीले पनि पैसा पाउनुपर्छ भन्ने।”

टिकटक

गएको शुक्रवार ट्रम्पले माइक्रोसफ्टले टिकटकको अमेरिका व्यवसाय किन्ने कुराको विरोधमा रहेको बताएपछि सम्भावित विक्री अड्किएको थियो।

तर ट्रम्पले प्रस्तावित किनबेचलाई अनुमति दिने बताउनुले ह्वाइट हाउसको नीति फेरिएको भान भए पनि सहमतिको लागि दिइएको अन्तिम म्यादले समस्या ल्याउन सक्ने मानिएको छ।

ट्रम्पले भने, “टिकटकको अमेरिकी व्यवसाय सेप्टेम्बर १५ सम्म माइक्रोसफ्ट वा अरूले किन्न सकेन भने बन्द हुनेछ।”

माइक्रोसफ्टले आइतवार एउटा ब्लगमा आफ्नो प्रमुख अधिकृत सत्या नाडेला र ट्रम्पबीचको फोन वार्तापछि टिकटक किन्न छलफल जारी राख्ने बताएको छ।

माइक्रोसफ्टले सो फोन वार्ताको अन्य जानकारी दिन अस्वीकार गरेको छ।