सरकारले भन्याे : अत्यावश्यकबाहेक घरबाहिर ननिस्कनू, चाडपर्व भित्रै बसेर मनाउनू

विविध

काठमाडौं : काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मुलुकभर दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएपछि सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न, घरबाहिर अतिआवश्यक अवस्थामा बाहेक ननिस्कन र भिडभाड नगर्न, चाडपर्व घरमा बसी मनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।स्वास्थ्य मन्त्रालयले एक सूचना गरी सबैलाई सतर्क रहन बताएको छ। सूचनामा भनिएको छ,’ शंकास्पद संक्रमितहरुको खोजपडताल गर्ने काम भइरहेको छ। शंकास्पद व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु र जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले नजिकको स्वाब संकलन केन्द्रमा गई परीक्षण गर्नुहुनु अनुरोध छ।’ बिहानको ९ बजेदेखि १ बजेसम्म गई स्वाब परीक्षण गरी सहयोग गर्नलाई स्वास्थ्य मन्त्रालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।