जेठ २२, काठमाडौं । बीमा समितिले कोभिड – १९ बीमालेख (कोरोना बीमा) व्यवसाय स्थगित गर्ने निर्णय गरेको छ । नेपाल बीमक संघको अनुरोधमा नै समितिले बिहीवार उक्त बीमाको व्यवसाय स्थगन गर्ने निर्णय गरेको हो । समितिको यो निर्णय शुक्रवारदेखि कार्यान्वयनमा आउने छ ।
विशेषगरि नेपालमा कोरोना संक्रमित बढेसँगै बीमामा पनि जोखिम बढेपछि यसको व्यवसाय स्थगित गरिएको हो । यद्यपि, हालसम्म विक्री भएको बीमालेख भने जारी हुनेछ ।
