कोरोना संक्रमणबाट नेपालमा १० औँ व्यक्तिको मृत्यु

विविध

काठमाडौँ – नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । तीन दिनअघि मृत्यु  भएका पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुष पीरस्आर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनु भयो । पूर्वखोला – २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । उनको २० गते मंगलबार   मृत्यु भएको र उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनु भयो ।