
विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जर्वोस
कोभिड १९ पछिल्ला दशकका थुप्रै नया संक्रामक रोगहरूमध्ये एक हो जुन पशुहरूसँगको सम्पर्कबाट मानिसमा देखापरेको हो जसको परिणाम स्वरूप सिर्जित प्रकोपले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा धेरै नकारात्मक प्रभाव पारेको छ । अन्य देशको अनुभवले बलियो नियन्त्रण र जोखिम न्यूणीकरणका उपायहरु बिना, उच्च क्षमता भएका स्वास्थ्य प्रणाली पनि बेकामे हुनसक्ने र मानिसहरुले कष्टपूर्ण मृत्यु वरण गर्नपर्ने हुनसक्ने दर्शाउँछ । अन्य देशको अनुभवले यो पनि देखाउँदछ कि यो रोक्नै नसकिने हैन र कठोर निर्णयहरु लागु गर्दै यसको रोकथाम सम्भव छ, विशेष गरी सबैभन्दा जोखिममा रहेका मानिसहरूमा रोगको प्रसारलाई सीमित गर्दै जीवन बचाउन सकिन्छ ।

विश्वभरमा कोभिड महामारिका कारण मृत्युदर बढ्दो छ, साथै अर्थतन्त्र संकुचित हुदै छ । लगभग ठप्प आर्थिक क्रियाकलापहरु, बन्द हुँदै गरेका व्यापार व्यवसायहरु र बैंकिंग क्षेत्रमा देखिएका तनावका कारण हामि दक्षिण एसियाका ८ मुलुकहरुको अर्थतन्त्रमा ठूलो गिरावटको आंकलन विश्व बैंक गरेको छ । नेपाल सहितका दक्षिण एसियाका राष्ट्रहरुले स्वास्थ्य आपतकाल रोक्न तथा विशेष गरी गरीब तथा सबैभन्दा जोखिममा रहेका जनताहरुको रक्षा गर्नका लागि कदमहरू चाल्नुपर्नेछ र अबको चरण द्रुत आर्थिक सुधारको लागि केन्द्रित गर्नुपर्ने विश्व बैंकले जनाएको छ ।
नेपाली नागरिकहरुको जिवनस्तर उकास्न र आय आर्जनमा सहयोग गर्नको लागि विश्व बैंक सरकार संग सहकार्य गर्न पूर्ण प्रतिवद्ध रहेको विश्व बैंकले जनाएको छ । नेपाललाई स्वास्थ उपकरणहरू, औषधि तथा अन्य आवश्यकका लागि २९ मिलियन डलर उपलब्ध गराएको र आउँदो १५ महिना भित्र अति कम विकसित मुलुकहरुलाई अर्थतन्त्र सुधार गर्न प्रोत्साहन तथा सहयोगका लागि १६० अरब डलर उपलब्ध गराउँने जर्वोसले जनाएका छन् ।
लकडाउन र प्रतिबन्धहरू कम भएपछि अर्थव्यवस्थामा क्रेडिट प्रवाहित गर्न मौद्रिक प्रोत्साहनको साथ विस्तारित वित्तीय नीतिहरूमा केन्द्रित तथा यी नीतिहरु ठप्प आर्थिक गतिविधिले सबैभन्दा बढी प्रभाव र्पुयाएका व्यक्ति र समूहहरूलाई लक्षित हुनुपर्ने साथै, दिर्घकालिन ऋणको मापन र सम्भावित वित्तीय नोक्सानीबाट बच्न अन्तर्रा्ष्ट्रिय वित्तीय साझेदारहरूसँग घनिष्ठ समन्वय गरिनुपर्ने सुझाव दिएको छ ।
आर्थिक वर्ष २०२० को लागी विभिन्न वृद्धिदरहरू बेसलाइनमा २.८ प्रतिशत र डाउनसाइड परिदृश्यका लागि १.५ प्रतिशत तथा आर्थिक वर्ष २०२१ को लागी बेसलाइनमा २.९ प्रतिशत र डाउनसाइड परिदृश्यमा १.५ प्रतिशत अनुमान विश्व बैंकले गरेको छ । साथै ३ बर्ष भित्रमा (आर्थिक वर्ष २०२३ पछि) महामारी अगाडि प्रक्षेपण गरिएको वृद्धिदरमा नेपाली अर्थतन्त्र पुग्ने अनुमान पनि विश्व बैंकले गरेको छ । भुक्तानी प्रणालीहरूको लागि डिजिटल प्रविधि विस्तार गरेर र दुर शिक्षा प्रणाली अबलम्बन गरेर देशको दुर्गम क्षेत्रहरूमा पहुँच बढाउन सकिने पनि विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले सरकारका कार्यहरुलाई सहयोग पुर्याउन र महत्वपूर्ण रुपमा हालको संकटको प्रभावकारी व्यवस्थापन गर्न र रिकभरी चरणलाई सहयोग पुर्याउन निम्न लिखित कार्यहरु गर्नेछ :
(१) वित्तीय संस्थाहरुमा सुपरिवेक्षण सुधार र वित्तीय संस्थानहरूद्वारा लिइएको पोर्टफोलियो जोखिमहरू अझ राम्रोसँग अनुगमन गर्ने
(२) संकटको अवस्थामा आर्थिक अपराध र जालसाझि पूर्ण कार्यहरुबाट निम्तिने जोखिमपूर्ण कार्यहरुलाई न्यूनीकरण गर्न सहयोग गर्ने
(३) महामारी र महामारी जस्ता संकटहरू सम्बोधन गर्न बढी भन्दा बढी निजी क्षेत्रका बीमा तथा वित्तीय उत्पादनहरू जोखिम न्यूनीकरणका विकल्पका रुपमा अघि सारिनेछ
(४) डिजिटल भुक्तानी प्रणाली लगायतका फिनटेक इनोभेसनद्धारा सुधारिएको क्रेडिट रिपोटिंग र चल सम्पत्तिका वैकल्पिक रुपहरु लागु गर्दै क्रेडिटमा लागत मैत्री उपायहरु अबलम्बन गरिनेछ ।
अधिक वैदेशिक लगानी लगायत जोखिम न्युनीकरण, साना तथा मझैला उधोगहरुमा ऋण लगानी तथा तरलताका उपायहरुका लागि सहयोग जुटाउनाका लागि काम भइरहेको छ ।
विश्व बैंक समूहको नीजी क्षेत्र हेर्ने निकाय “आइ एफ़ सी ” ले यस विषम घडिमा प्राइभेट कम्पनीहरुलाई आर्थिक क्षेत्रमा टिक्न तथा रोजगारी बचाउनाका लागि फास्ट ट्रयाक आर्थिक सहयोग गरिरहेको छ ।
- महामारीले अक्रान्त बनाएका कम्पनीहरुलाई सहयोग गर्न आइ एफ़ सी को बोर्डले मार्च १७ मा ८ बिलियन डलर सहयोग पारित गरेको थियो । ग्राहक वर्गले सहयोग रकम बढाउन गरेको आग्रहलाई मध्यनजर गरि आइ एफ़ सी ले पहिला घोषणा गरेको ६ बिलियन डलरमा २ बिलियन डलर बढाएको हो ।
- हालको सहयोग विश्व बैंक समूहको १४ अर्ब डलरको फास्ट ट्र्याक फाइनान्सिंग प्याकेजको अंश हो ।
- यसले कम्पनीहरूलाई चल्न मद्दत र्पुयाउँछ, र विश्वव्यापी अर्थव्यवस्थाहरूको लागि चुनौतीपूर्ण यस बखतमा कामदारहरूले तलब भुत्तानी पाइरहनेछन् ।
नेपालमा, आईएफसीले एक नयाँ वाणिज्य बैंक सहित थुप्रै वाणिज्य बैंकहरूसँग काम गरिरहेको छ जसले गर्दा व्यवसायहरूले चालु पूँजीको लागि कर्जा को पहुच मा सहयोग प्राप्त गरिरहेका छन् । साथै दुई लघुवित्त विकास बैंकहरूलाई स्थानिय मौद्रिक लगानी जुटाइदिन नेपाल राष्ट्र बैंक अर्थ मन्त्रालयसँग आईएफसीले सहकार्य गरिरहेको छ । यी संस्थाहरूको ग्रामीण पहुँचको आधारमा दुई लघुवित्त विकास बैंकहरूलाई सक्दो चाँडो स्थानिय मौद्रिक लगानी जुटाइदिने सबै प्रयास गरिनेछ । यस बाहेक आईएफसीले अन्य पोर्टफोलियो बैंकहरूलार्ई चाहिन सक्ने कुनै पनि कोषको लागि नजिकबाट नियालिरहेको छ ।
सरकारसँग सहमति भए अनुसार विश्व बैंकले समस्याग्रस्त आर्थिक क्षेत्रहरूलाई पुनरजीवन दिन सरकारको प्रयासलाई सहयोग र्पुयाउने छ । विश्व बैंकले लगानी गरेका धेरै जसो परियोजनाहरूलाई, कोभिड १९ को प्रभावका कारण बेरोजगार भएका वा आफ्नो जीवनय��पन गर्ने अवसर गुमाएकाहरू लगायत गरीब र असुरक्षित मानिसहरू र परिवारहरुलाई अनुदान दिने कुरामा केन्द्रित हुनेगरी पुनर्गठन गर्नेछौं। परियोजनाहरू जससँग आपतकालीन राहतका उपायहरु छन् (उदाहरणका लागि भूकम्प आवास पुनर्निर्माण), त्यस्ता परियोजनाहरुमा सरकारको अनुरोध अनुसार तुरुन्तै सहयोग परिचालन गरिनेछ ।
गृह मन्त्रालयको सामाजिक सुरक्षा भत्ता जसले सबैभन्दा जोखिममा रहेका केही ज्येष्ठ नागरिकहरू, एकल महिलाहरू र अपांगता भएका व्यक्तिहरूलाई नगद सहयोग प्रदान गर्दछ । यी समूहहरूले आपतकालीन नगद अनुदान प्राप्त गरेको छ भन्ने कुरा सुनिश्चित गर्न प्रोजेक्ट परिचालन पनि विश्व बैंकले गर्नेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनमा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयलाई पनि समर्थन र सहयोग गर्दै परियोजना अवधिमा एक लाख मानिसहरूलाई सहयोग र्पुयाउने योजना विश्व बैंकले बनाएको छ ।
जोखिममा रहेका साना तथा मझौला उधोग इत्यादिलाई सहयोग र्पुयाउन र बैंकिंग क्षेत्रलाई स्थिर बनाउन सरकारले तत्काल धेरै नीतिगत उपायहरू (अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र अन्य) मार्फत द्रुत गतिमा अघि सारेको छ ।
(प्रस्तुत सामग्री इन्स्टाखबर डट कमले विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जर्वोससंग लिएको अन्तर्वार्तामा आधारित छ । )
