मनकामना मन्दिरका मुख्य पूजारीका साथबाट बन्दुक बरामद

विविध

काठमाडाैँ, ७ वैशाख। गोरखाको मनकामना मन्दिरका मुख्य पूजारी इसान बहादुर थापा मगरको साथमा रहेको बन्दुक प्रहरीले बरामद गरेको छ।

इजाजत प्राप्त बन्दुक भए पनि लकडाउनका बेला बन्दुक बोकेर हिँड्न नमिल्ने उनले बताए। उनकाे साथबाट बन्दुक बरामद गरी साधारण तारेखमा छाेडिएकाे प्रहरीले वताएकाे छ। बन्दुक बोकेर किन हिँडेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले वताएकाे छ।