इनारमा शव फेला

Uncategorized

सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव गोलबजार नगरपालिका-९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । पासवान हिजो बेलुकादेखि हराइरहेकाे र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेकाे प्रहरीले बताएकाे छ।

शनिबार बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएकाे थियाे । यही क्रममा शव पनि देखिएकाे हाे । प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरे पनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भइरहेको छ।

इनारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाइ छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।