गोरखामा जिप दुर्घटना : ६ जना घाइते, गम्भिर घाइतेलाई काठमाडौं ल्याइदै

विविध
काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित कुनागाउँमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

धादिङको वेनिघाटका लागि छुटेको ना ४ च ७७३८ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटनामा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रेमप्रसाद पोखरेलले जानकारी दिए ।

दुर्घटनाका गम्भिर घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ल प्रहरी कार्यालय गोर्खाले जनाएको छ ।