मन्त्रिपरिषद् विस्तार : नेतृत्वले आफूलाई समेट्न नसकेको भन्दै प्रदीप यादवको आक्रोश

Uncategorized

काठमाडौं । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

तीन महिनाको रस्साकस्सीपछि मन्त्रिमण्डललाई पूर्णता दिएपनि केही चर्चामा रहेका अनुहारहरु मन्त्री नबनेको भन्दै यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

तीनै मन्त्री बन्ने चर्चामा रहेकामध्ये एक हुन् जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादव ।

मन्त्रीमा आफू अटाउन नसकेको प्रति आपत्ति जनाउँदै सांसद यादवले जनाधार र योगदानको कदर गर्नबाट नेतृत्व चुकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

साँझ सामाजिक सञ्जालमा आन्दोलनमा सहभागि भएको तस्बिर सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
पर्सा जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद यावदले पर्साबाट मन्त्रिपरिषद्मा अटाउन नसक्नु दुखद रहेको बताए ।

‘जानधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक मधेश आन्दोलनको उद्दगम स्थल हो बिरगञ्ज । बिद्रोहको बिगुल फुक्ने र आन्दोलनको आंधिबेरी ल्याउने स्थानलाई नजर अन्दाज र किनारा गरिएको छ । नाका जाम गरेर सरकारलाई दिने कडा दवाब होस या, अधिकारका निम्ती सहादतका लागि छाति फैलाउने हौसला बिरगञ्ज(पर्सा)ले सदैव राख्दै आएको छ । मधेशि जनअधिकार फोरम नेपाल स्थापनादेखि आफ्नो बलिदान र योगदान दिदै आएको बिरगञ्ज आज फेरी ठगिएको छ, यसले पर्सेली जनता दुखित र आक्रोसित भएका छन् ।’ उनले भने ।

मन्त्री बन्नेमा आफ्नो नाम छनोट गर्दा सबै पर्साका जनता खुसी भए पनि मन्त्री बनाउँदा नाम छुटाउँदा जनता निराश भएको यावदले बताए ।

‘हाम्रो पार्टिका अध्यक्षज्युले मन्त्रीमण्डलमा समावेश हुनेहरुको नाम छनौट गरिरहंदा सम्पुर्ण पर्सेलि जनताको नजर उनिमाथी थियो। यसपटक पक्कै पनि पर्सा र बिरगञ्जलाई न्याय र सम्मान गरिने छः बिशवास थियो ,योगदानको प्रतिफल दिईनेछ भन्ने बिस्वास थियो तर प्रतिफल उलटो भयो तर पनि नेतृत्वप्रति मेरो कुनै कमेण्ट छैन ।’ यादव सामाजिक सञ्जालमा लेख्छन् ।

मन्त्रिमण्डलमा आफू अटाउन नसकेपनि जनताको सेवामा निरन्तर लागिरहने उनले बताए ।

यादवले भने, ‘म जनताको सेवक हुं सधै सेवामा लागि रहने छु । मुल्यांकन गर्ने जिम्मा फेरि पनि न्याय प्रेमी जनतालाई नै छोड्छु ।’