नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

Uncategorized

काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नवनियुक्त मन्त्रिहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

सरकारको नेतृत्व गरेको झण्डै ३ महिनापछि प्रधानमन्त्री देउवाले शुक्रबार २५ सदस्यीय मन्त्रिपरिषद् बिस्तार गरेका हुन् ।

प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रिपरिद्मा बालकृष्ण खाँडले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासन र विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । त्यसैगरी अर्थमा जनार्दन शर्मा, रक्षामा मिनेन्द्रप्रसाद रिजाल, खानेपानीमा उमाकान्त चौधरी, परराष्ट्रमा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमा रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रेमबहादुर आलेले जिम्मेवारी पाएका छन् ।

त्यसैगरी दिलेन्द्रप्रसाद बडुले कानुन, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि, महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास, उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमा गजेन्द्र बहादुर हमाल, वन तथा वातावरणमा रामसहाय प्रसाद यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कृष्णकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयमा महेश्वरजंग गहतराजलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् भने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रिमा बोधमाया कुमारी यादवलाई नियुक्त गरेका छन् ।