शाहरुख खानका छोरा आर्यन प्रहरी हिरासतमा

Uncategorized

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई प्रहरी हिरासतमा राखिएको छ । मुम्बाइबाट गोवा जाँदै गरेको विमानमा एनसीबीको छापामा नारकोटिक्स कन्ट्रोल ब्यूरोले आर्यनसँग पनि सोधपुछ गरेको छ ।

मिडिया रिपोर्टका अनुसार नार्कोटिक्स कन्ट्रोल ब्यूरोका अधिकारीहरुले उनीसँग सोधपुछ गरिरहेका छन्। यस घटनामा प्रहरीले १३ जनालाई हिरासतमा राखिएको छ, जसमा दिल्लीका तीन महिलाहरु पनि छन्।

एनसीबीको छापामा जहाजबाट तीन अन्य प्रकारका लागुऔषधहरु पनि बरामद भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सोधपुछमा आर्यन भन्छन् कि उनलाई पार्टीमा अतिथिको रूपमा आमन्त्रित गरिएको थियो।

आर्यनको मोबाइल स्क्यान गर्ने एनसीबी स्रोतका अनुसार आर्यनले दाबी गरेका छन् कि पार्टीमा धेरै मानिसहरु उनको नाममा बोलाइएको थियो।

उनलाई पार्टीमा के हुने हो भन्ने थाहा थिएन। एनसीबी अधिकारीहरूले शाहरुखका छोरा आर्यनको मोबाइल फोन जफत गरेका छन् र पार्टीमा आर्यनको भूमिका स्पष्ट पार्नका लागि उनको च्याट खोजिएको छ ।