सभामुख र प्रचण्डप्रति बादलको कटाक्ष

Uncategorized
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्प्रिसाद सापकोटाविरुद्ध कटाक्ष गरेका छन् ।

शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता बादलले प्रचण्ड पार्टी लाईन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाईनमा लागेको आरोप लगाएका छन् । त्यसैगरी उनले सभामुख अग्नीप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारेका छन् । उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताए ।

सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’