संघीय राजधानी देशभरका जनताका लागि पायक पर्ने गरी बनाउनुपर्छ : मुख्यमन्त्री शाक्य

Uncategorized

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशभरका जनताका लागि पायक पर्ने गरी संघीय राजधानी बनाउनुपर्ने बताएकी छन् ।

जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभालाई आज यहाँ सम्बोधन गर्दै उनले मकवानपुर र चितवनलाई जोडेर संघीय राजधानी र प्रदेशको राजधानी काठमाडौं बनाउनुपर्ने बताएकी हुन् ।

संघीय राजधानी काठमाडौँ अव्यवस्थित बनेको भन्दै उनले यहाँका दुई जिल्ला जोडेर व्यवस्थित राजधानी बनाउन सकिनेमा जोड दिइन् ।

काठमाडौं प्रदेशको राजधानी हुँदा यहाँका जिल्लालाई पायक पर्ने उनको भनाइ थियो । चितवनमा विकासको प्रचुर सम्भावना रहेको भन्दै उनले व्यवस्थित सहर बनाउन सुझाव दिइन् । मुख्यमन्त्री शाक्यले कोभिडको तेस्रो लहर आउन सक्ने भन्दै यसका विरुद्ध लड्नका लागि सरकारी संयन्त्र तयार रहेको बताइन् ।