नाच हेरेर घर फर्कँदै गरेकी किशोरीमाथि सामूहिक बलात्कार

अपराध

दाङ । दाङ प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना युवकलाई पक्राउ गरेको छ । नाच हेरेर घर फर्कँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ पर्नेमा जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्दी र २० वर्षीय याम बहादुर मास्की रहेका छन् ।

उनीहरुले तीजको दरखाने दिन राती नाच हेरेर घर फकर्दै गरेकी १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । पीडित युवतीको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनकारी दिए ।