यूएस ओपन २०२१: दुई युवा खेलाडी फर्नान्डेज र राडुकानु फाइनलमा

खेलकुद
काठमाडौं। जारी यूएस ओपन २०२१ अन्तर्गत महिला सिंगल विधातर्फ दुई युवा खेलाडी लेला फर्नान्डेज र एम्मा राडुकानु फाइनलमा प्रवेश गरेका छन्।

शुक्रवार विहान सम्पन्न दुई सेमी फाइनल खेलमा क्यानडाकी फर्नान्डेजले विश्व नम्बर २ अरिना साबालेन्कालाई ७-६ (७/३), ४-६ र ६-४ को सेटमा पराजित गरेकी थिइन् भने ग्रेट ब्रिटेनकी राडुकानुले विश्व नम्बर १७ मारिया सकारीलाई ६-१ र ६-४ को सोझो सेटमा पराजित गरेकी थिइन्।

Teens Raducanu, Fernandez advance to US Open women's final | National |  dailyunion.com

न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा खेलिएको पहिलो खेलमा १९ वर्षीया फर्नान्डेजले बेलारुसकी साबालेन्काविरुद्ध निकै प्रतिस्पर्धात्मक खेल खेलेकी थिइन्। दुई सेटको खेल अन्त्य हुँदासम्म १-१ को बराबरीमा रहेको खेलमा तेस्रो तथा अन्तिम सेटमा फर्नान्डेजले बाजी मारेकी थिइन्।

त्यस्तै सोही एरेनामा खेलिएको दोस्रो सेमी फाइनल खेलमा १८ वर्षीया राडुकानुले ग्रीसकी सकारीलाई सोझो सेटमा सजिलै पराजित गरेकी थिइन्। यूएस ओपनमा यसै वर्ष डेब्यू गरेकी राडुकानु पहिलो पटकमा नै फाइनल पुग्न सफल भएकी छिन्।

US Open 2021 - Inspired Emma Raducanu storms past Maria Sakkari to set up  magical final with Leylah Fernandez - Eurosport

सन् १९९९ पछि पहिलो पटक यूएस ओपनको फाइनल खेलमा दुई बीस वर्ष मुनिका युवा खेलाडी पुगेका हुन्। यी दुईबीचको फाइनल खेल आईतवार खेलिने तालिका रहेको छ।