कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

Uncategorized

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

बागमती प्रदेशका नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य नरोत्तम वैद्यले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

कोरोना कारण देखाएर दायर गरिएको रिट बिहीबार सर्वोच्चले खारेज गरिदिएको हो ।

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको एक अधिवक्ताले लोकपथलाई जानकारी दिए ।