नेपालको संघर्षपूर्ण जित

खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो । पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

सोमपाल कामीले अविजित २२ रन जोडे । बिक्रम सोब सुन्य रनमा अविजित रहे । यस्तै आरिफ शेख ९ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्किए । शरद भेषवाकर पनि ६ रनमा आउट हुँदा कुशल मल्ल १ र पवन सर्राफ सुन्य रनमा आउट भए ।

यस जितसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो ।