फिल्म थलाइवीको ट्रेलर अपलोड गर्न नपाएपछि कंगनाको आक्रोश, दिइन् ‘बेवकूफ’को संज्ञा

Uncategorized

काठमडौं । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म थलाइवी केही समय देखी रिलिजको समय पर्खरिहेको छ । कंगनाले धेरै पटक कल्टीप्लेक्ट र सिनेमा हलहरुमा फिल्म रिलिज गर्ने प्रस्ताव गरेपनि उनको फिल्म कहिले रिलिज हुन्छ भन्ने बारे अझै अन्योल छ । कंगनाले आफ्नो फिल्म रिलिज बारेको कुरा अन्योलमै रहेका कारण आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आक्रोश व्यक्त गरेकी छिन् ।

आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आक्रोश व्यक्त गर्दै कंगनाले लेखेकी छिन् – “मैले आफ्नो फिल्मको ट्रेलर आफ्नो प्रोफाइलमा अपलोड गर्न सकिरहेको छैन् । मेरो प्रोफाइल भेरिफाइड छ र आफ्नो कन्टेन्ट आफ्नो प्रोफाइलमा हाल्न पाउने मेरो अधिकारको कुरा हो । मैले मेरो दुख र मिहेनेतले फ्यान कमाएकी हु । मैले मेरो प्रोफाइलमा मेरो कन्टेन्ट अपलोड गर्न कसैको अनुमति चाहिदैन । आफ्नो सोच बदल बेवकूफ”