सेयर बजारमा फर्कियो हरियाली

अर्थ
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा हरियाली देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार मापक नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०१ मा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.४० अंकले बढेर ५७१.३९ मा पुगेको छ ।

यस साता कारोबार भएको अघिल्ला दुवै दिन अर्थात् मंगलबार र बुधबार सेयर बजार निरन्तर घटिरहेको थियो । सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका थिए । फेरि सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।

कूल २३२ वटा कम्पनीको २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कुल १३ उपसमूहहरु मध्य ५ ओटाको सेयर उकालो लागेको छ भने अरु सबैको सेयर आज ओरालो लागेका छन् । आज विकास बैंकहरुको २४१.६५ ले बढेर सकारात्मक सर्कीट लाग्दा सबैभन्दा धेरै जीवन बीमा समूहहरुको १५४.६४ ले गुमेको छ ।

कारोबारका आधारमा आज अरुन भ्याली हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेका छन् । सो कम्पनीको ९३ करोडबराबरको कारोबार भएको छ।

आज बजार दोहोरो अंकले वृद्धि हुँदा आँख्खु खोला जलविद्युतलगायतको सेयरमा १०र१० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । गुडवील फाइनन्स लिमिटेडको ३.९५ प्रतिशतले गुमाएको छ।