पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य स्थिर

Uncategorized

नेपाल आयल निगमले सोमबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएसँगै निगम सञ्चालक समितिको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।
आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार नै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । जस अनुसार प्रतिलिटर पेट्रोल, डिजेल र मटुटीतेलमा २ रुपैंयाको दरले मूल्य बढेको छ । योसँगै प्रतिलिटर पेट्रोलको मूल्य ११६ रुपैंया पुगेको छ । त्यसै गरी डिजेल र मट्टीतेलको मूल्य ९९ रुपैंया पुगेको छ ।

Notebazar

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य स्थिर

 Note Bazar १७फाल्गुन, २०७७, सोमबार / Mar 01, 2021 20:43:pm

Laxmi Bank limited

नेपाल आयल निगमले सोमबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएसँगै निगम सञ्चालक समितिको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।
आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार नै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । जस अनुसार प्रतिलिटर पेट्रोल, डिजेल र मटुटीतेलमा २ रुपैंयाको दरले मूल्य बढेको छ । योसँगै प्रतिलिटर पेट्रोलको मूल्य ११६ रुपैंया पुगेको छ । त्यसै गरी डिजेल र मट्टीतेलको मूल्य ९९ रुपैंया पुगेको छ ।

आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैंयाले वृद्धि भई ७२ रुपैंया पुगेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटरमा २५ रुअमेरिकी डलरले मूल्य बढेर ८९३ अमेरिकी डलर कायम भएको छ ।

१५ दिन पहिले गत फेब्रुअरी १६ मा काठमाडौं उपत्यकाका लागि पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैया, बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १४ सय रुपैयाँ कायम गरिएको थियो । उल्लेखित मूल्यमा सोमबारदेखि बढाइएको मूल्य थप हुनेछ ।

मूल्य बढाउँदा पनि १ अर्ब ३२ करोड नोक्सान : निगम

हाल कायम स्वचालित मूल्य प्रणाली अनुसार निगम व्यवस्थापनले हरेक १५ दिनमा एकपटक मूल्य समायोजन गर्न पाउँछ । सो अवधिका लागि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २ प्रतिशत र खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य बढाउन पाउँछ ।

स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा सवा अर्ब रुपैयाँ भन्दा बढी नोक्सान हुने निगमको भनाई छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगम व्यवस्थापनसँग भएको अधिकार प्रयोग गरेर मूल्य बढाउने निर्णय गरे पछि पनि १ अर्ब ३२ करोड रुपैंया पाक्षिक रुपमा नोक्सानीमा रहेको बताए । उक्त नोक्सानलाई निगमको संचित नाफाबाट समायोजन गरिँदै लगिने पनि पौडेलले जानकारी दिए ।