प्रधानमन्त्री ओली शिलान्यास गर्न कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्था कडा

राजनीती

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार कञ्चनपुर जाँदैछन् । बेदकोट नगरपालिका–२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न ओली कञ्चनपुर जान लागेका हुन् । उनले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन्।

प्रधानमन्त्री ओली श्री एअरलाएन्सको जहाजमार्फत दिउँसो धनगढी विमानस्थल ओर्लने र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ।

प्रधानमन्त्री ओली जाने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडाई गरिएको छ। पूर्व–पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ–ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌।