संसद विघटन असंवैधनिक, मुलुकलाई राजनीतिक संकटतर्फ धकेल्यो

राजनीती

उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनले मुलुकलाई राजनीतिक संकटतर्फ धकेलेको बताएका छन । बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा बिघटनलाई असंवैधानिक ठहराउदै यसले जनतामा निराशा र आक्रोश छाएको उहाले बताए । मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्ने जिकिर गर्दे संबिधानको संरक्षण र पालना सवै संघसंस्था र नागरिकको कर्तव्य भएको बताए ।

त्यस्तै सञ्चारमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा बिघटन गरि ताजा जनादेशमा जाने निर्णयलाई जनताले स्वीकार गरिसकेको बताउदै तोकिएकै समयमा निर्वाचन हुने दाबी गरे ।मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रलाई सम्मानित र जवाफदेही बनाउन आफु लागि परेको बताएका छन । उनले पत्रकारिता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहिन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको बताए । सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा महासंघले एक लाख रासीको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष डाक्टर सुरेस आचार्यलाई प्रदान गरेको छ । त्यस्तै ५० हजार रासीको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राई र ५० हजार रासीको कृष्णसेन इन्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार विनोद पहाडीलाई प्रदान गरेको छ । १० हजार रासीको उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ भने १० हजारकै गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार राम भरत शाह र मुना हमाललाई प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ठ शाखालाई पनि सम्मान तथा पुरस्कृत गरिएको महासंघले जनाएको छ ।।