पेट्रोलियम पदार्थ मुल्यवृद्धिको विरोधमा माइतीघरमा प्रर्दशन

विविध

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा आज समाजवादी विद्यार्थी युनियन काठमाडौंको माइतीघरमा विरोध प्रर्दशन गरेको छ । प्रदर्शनकारीहरुलेले मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन । उनीहरुले प्रतिनिधि सभा विघटन र बढदो हत्या हिंसाको समेत विरोध गरेका छन ।

नेपाल आयल निगमले मंगलबार पेट्रोल, डिजेल, हवाई इन्धनमा प्रति लिटर २ रुपैयाले बढाएको थियो । मुल्यबृद्धि पछि पेट्रोल प्रति लिटर १ सय १४ , डिजेल ९७ , मट्टीतेल ९७ र हवाई इन्धन ६७ रुपैयाँ भएको छ । यसैगरी खाने पकाउने ग्यास प्रति सिलिन्डर २५ रुपैया बढेर १४ सय रुपैया पुगेको छ । निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्ष यताकै उच्च हो । अन्तर्राष्ट्रिय बजार मै पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको भन्दै निगमले समायोजनका लागि मुल्य बढाउनु परेको बताएको छ । यता प्रदर्शनकारीहरुले भने एक साता नबित्दै पुनः मुल्य बढेकोमा आक्रोस व्यक्त गरेका छन ।