पललाई भुतुक्कै पार्ने स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’ (भिडिओ)

मनोरन्जन

समीक्षा अधिकारी र सानी विश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘ज्यानमारा मुस्कान’ बोलको गीतमा दुर्लभ केसीले शब्द तथा संगीत दिएका छन्।

गीतको म्युजिक भिडिओमा अभिनेत्री स्वस्तिमा खड्का र पल शाहको केमेस्ट्री देखिन्छ। भिडिओको प्रस्तुति सुबोल थापाको कोरिओग्राफी र हरि अधिकारीको सहकार्यमा तयार भएको हो।

भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने यसको सम्पादन नवीन निरौलाले गरेका छन्।