सेयर बजारमा गिरावट

Uncategorized

पछिल्लो तीन सातादेखि लगातार बढीरहेको सेयर बजारमा यो साता पहिलो कारोबार दिनमा नै पहिरो गएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से २ दशमलब २६ प्रतिशत अर्थात् ५४ दशमलब ७५ अंकले घटेर २ हजार ३ सय ७० दशमलब ५४ अंकमा अडिएको छ । लगातार बढीरहेको बजार अघिल्लो साता अन्तिम कारोबार दिन बिहीबार १६ दशमलब ५६ अंकले घटेर २ हजार ४ सय २५ दशमलब २९ अंकमा झरेको थियो । आइतबार नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयरको मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २ दशमलब २ प्रतिशतले घटेको छ । त्यसबाहेक नेप्सेमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य मापन गर्ने फ्लोट इन्डेक्स २ दशमलब ३५ प्रतिशतले घटेको छ । आइतबार नेप्सेमा सबै समूहका परिसूचकहरू ओरालो लागेका छन् । आज सबैभन्दा ठूलो परिमाणमा सेञ्चुरी बैंकको ७ लाख ६० हजार चार सय ९५ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमको हिसाबले नेपाल लाइफ इन्स्यारेन्सको ४३ करोड ४४ लाख रुपैयाँ मूल्यको सेयर किनबेच भएको छ । आइतबार नेप्सेमा २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार दुई सय ४५ कित्ता सेयर ९६ हजार एक सय ५६ कारोबारमार्फत् ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार चार सय ५० रुपैयाँ मूल्यको सेयर किनबेच भएको छ ।