आश्चर्यजनक खुलासा, कहिलेकाहीँ पाकिस्तानको केटु हिमाल सगरमाथाभन्दा अग्लो हुन्छ !

Uncategorized

काठमाडौं। कहिलेकाहीँ पाकिस्तानको केटु हिमाल विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा अग्लो हुन्छ । झट्ट सुन्दा विश्वासै नलाग्ने यो कुरा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले बताएका हुन् । उनीहरुका अनुसार ८ हजार ६१० मिटर अग्लो केटु हिमाल कहिलेकाहीँ ८ हजार ८४८ दशमलव ८६ मिटर अग्लो सगरमाथाभन्दा पनि अग्लो हुन्छ । अमेरिकन जियोफिजिकल युनियनको समाचार ब्लग इओएसमा प्रकाशित यो अध्ययन निकै आश्चर्यजनक छ । अनुसन्धानकर्ताहरुले सगरमाथाभन्दा केटु अग्लो हुनुको कारण हावा भएको बताएका छन् ।

बेलायतको लोबोरो युनिभर्सिटीका पर्यावरण वैज्ञानिक टम म्याथ्युज भन्छन् ‘कैयौं पटक यस्तो भएको छ र भविष्यमा पनि भइरहन्छ जतिबेला केटुले विश्वको सर्वोच्च शिखर सगरमाथालाई उचाइको मामिलामा सानो बनाइदिन्छ ।’ उनका अनुसार सगरमाथाको उचाइ घटबढ भइरहन्छ । यो अध्ययनमा टम म्याथ्युज र उनको टिमले सगरमाथा र केटुमा पर्ने हावाको दबाबको अध्ययन गरेका छन् । यो अध्ययनमा ४० वर्षको डाटा जम्मा गरिएको छ । डाटा जम्मा गर्न दुवै हिमालको आसपास रहेका मौसम केन्द्र र युरोपियन स्पेस एजेन्सीको कपरनिकस भू उपग्रहको सहयोग लिइएको छ ।

अध्ययनमा बताइएअनुसार १९७९ देखि २०१९ सम्म कूल १७७ जना पर्वतारोही बिना अक्सिजन सप्लिमेन्ट सगरमाथाको शिखरमा पुगे । यीमध्ये ८ जना महिला र १६९ जना पुरुष थिए । सप्लिमेन्ट अक्सिजनको अर्थ प्राकृतिक रुपमा पाइने अक्सिजनले नपुग्ने अवस्थामा प्रयोग गरिने भाँडोमा भरिएको अक्सिजन हो । आम रुपमा ७ हजार मिटरको उचाइभन्दा माथि पुगेपछि अक्सिजन सप्लिमेन्टको आवश्यकता पर्छ ।

म्याथ्युजका अनुसार सगरमाथा वा केटु जस्ता हिमालमा चढ्दा उचाइ बढ्दै जाँदा हावाको दबाब कम हुँदै जान्छ । हावाको दबाबसँग अक्सिजनका मलिक्युल प्रत्यक्ष रुपमा जोडिएका हुन्छन् । पहाडहरुमा पातलो हावाको लेयर हुन्छ । यसमा अक्सिजन मलिक्युलको स्तर अत्याधिक कम हुन्छ । त्यसैले यस्ता उचाइमा सास फेर्न समस्या हुन थाल्छ । टमको टिमले अध्ययनमा सगरमाथामा हवाको दबाब ३०९ देखि ३४३ हेक्टोपास्कलका बीच परिवर्तन भइरहने पाएका छन् ।

जब यसको तुलना मे महिनामा सगरमाथामा रहेको हावाको दबाबसँग गर्दा करिब ७३७ मिटरको अन्तर निस्कियो । सामान्य भाषामा भन्दा यो परिवर्तनको कारण सगरमाथाको उचाइ कैयौं पटक दोस्रो अग्लो हिमाल केटुको भन्दा कम हुन्छ । अर्थात, सगरमाथामा अक्सिजन धेरै हुँदा यो हजारौं फिट कम महसुस हुन्छ । जबकि अक्सिजनको कमीले त्यो उचाइलाई बढाउँछ । कैयौं पटक २९ हजार फिट अग्लो सगरमाथा २८ हजार २५० फिट अग्लो केटु भन्दा होचो लाग्न थाल्छ । दुवै हिमालबीचको यो अन्तर हावाको दबाब र अक्सिजनको स्तरका आधारमा नापिएको हो ।

टम भन्छन् ‘हावाको दबाबका कारण केटु कहिलेकाहीँ सगरमाथाभन्दा अग्लो हुन्छ । यो जानकारी कसैले नपाउनुको कारण पर्वतारोही राम्रो समयमा यी हिमालमा चढ्नु हो । राम्रो समय अर्थात मौसम बिग्रिने सम्भावना कम भएको बेला अक्सिजनको मात्र ठिक हुन्छ । धेरैजसो हिमाल आरोहण मे वा अक्टोबर महिनामा हुन्छ । टम र उनको टिमले विश्वव्यापी तापमानमा वृद्धि यही अनुपातमा भए सगरमाथा विश्वको सर्वोच्च शिखर नरहने चेतावनी थिए । यदि सगरमाथाको आसपासको वातावरणको तापक्रा २ डिग्री सेल्सियस बढेमा सगरमाथाको उचाइ १०० मिटर घट्ने उनीहरुले चेतावनी दिए ।