जिल्ला नगरका उपाध्यक्षमा दिनेश श्रेष्ठको जित

FNCCI ELECTIONS अर्थ

महासंघको जारी मत गणनामा किशोर प्रधान प्यानलको अग्रता देखिएको छ । जसमा जिल्ला नगरतर्फको मतगणनामा किशोर प्रधान समूहका दिनेश श्रेष्ठ विजयी भएका छन् ।

दिनेशले ५८ मत पाउँदा उनका प्रतिस्पर्धी चन्द्र ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत मात्र पाएका छन् ।

यसअघि वस्तुगत समूहमा किशोर समूहकै अन्जन श्रेष्ठले भारी मतअन्तरले उपाध्यक्ष जित्न सफल भएका थिए ।

२ विधामा किशोर समूहका उम्मेदुवारको वर्चस्व रहेकोमा एशोसिएट तर्फ पनि किशोर समूहले नै हात पार्नसक्ने संकेत देखिएको छ ।