थप १६१४ मा कोरोना संक्रमण

Uncategorized

गत २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९४९१ जनाको गरिएको  पीसीआर परीक्षणमा १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४३७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २०९४३५ रहेको छ ।

गत २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको मन्त्रालयले जनाएको छ ।