सोनूलाई भेट्न बिहारबाट साइकिल चलाएर मुम्बई आउँदै थिए फ्यान, अभिनेताले फ्लाइटको टिकट काटिदिए

Uncategorized

लकडाउनको बेला प्रबासी मजदूरको सहयोग गरेका बलिउड अभिनेता सोनू सूद फेरि एकपटक चर्चामा रहेका छन् ।

उनका फ्यान साइकिल चलाएर हजार किलोमिटर टाढाबाट उनलाई भेट्न आउन लागेको खबर पाएपछि अभिनेताले फ्लाइटबाटै उनलाई बोलाएका छन् ।

उनको नाम अरमान रहेको छ भने उनी बिहारबाट सोनूसँग भेट गर्न जाँदै गएका थिए ।

सोनूले त्यो कुरा थाहा पाउने बित्तिकै तत्काल कन्ट्याक्ट गरेर भने, ‘तिमी यस्तो नगर, मलाई भेट्न मन छ भने भेट, तर यसरी होइन ।’

वाराणासीसम्म पुगेका ति व्यक्तिलाई सोनूले जहाजको टिकट काटेर बोलाएका छन् । उनको यो काम पछि उनको चर्चा बलिउडमा झनै चुलिएको छ । एजेन्सीको सहयोगमा