नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित भएका छन् । पारस आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड अवार्डका लागि मनोनयनमा परेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् ।
मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् । सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका थिए ।
पारसको १० वर्षे कप्तानी कालमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो । २८ असोज २०७६ मा उनले कप्तानी छाडेपनि तर राष्ट्रिय टिमबाट भने निरन्तर खेलिरहेका छन् ।