फ्रान्सको निस सहरमा चक्कु प्रहार गरि ३ जनाको हत्या गर्ने व्यक्ति ट्युनिसियाका नागरिक

Uncategorized

बिहीबार फ्रान्सको निस सहरको एक चर्चमा चक्कु आक्रमण गरी ३ जनाको हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ । उनी ट्युनिसियाको नागरिक भएको खुलेको छ । फ्रान्सको पेरिस पुगेका उनले निस शहरस्थित चर्चमा दुई महिला र एक पुरुषको चक्कु प्रहार गरि हत्या गरेका थिए ।

त्यसपश्चात् प्रहरीले गोली हानी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी ट्युनिसियाको नागरिक भएको खुलासा भएको हो । उनलाई गोली हानी पक्राउ गर्दापनि उनको पहिचान खुल्ने कुनैप्रकारको कागजात नभएको पाइएको छ । प्रहरीले उनको साथबाट एउटा कुरान, दुइटा टेलिफोन र ३ चक्कु बरामद गरेको जानकारी दिएको छ ।