काँग्रेस नेता मीन विश्वकर्माको अवस्था गम्भीर

Uncategorized

काँग्रेस नेता मीन विश्वकर्माको गम्भीर अवस्थामा उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भई विश्वकर्माको ग्रान्डी अस्पतालको आइसियुमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन् ।

१ कात्तिकमा कोरोना भाइरसको पुष्टि भएपछि चार दिन घरमै बसेका विश्वकर्माको श्वासप्रश्वासमा समस्या बढेपछि वीर अस्पताल लगिएको थियो । उनको अवस्था झन् बिग्रिएर भ्यान्टिलेटरसम्मको आवश्यकता पर्न सक्ने भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । चार दिनयता आइसियूमा राखिएका उनको अवस्था गम्भीर रहेको बुझिएको छ ।

पूर्वमन्त्री समेत रहेका मीन विश्वकर्माका आफन्त विवश पौडेलका अनुसार घरमा आइशोलेशनमा रहँदा नै स्वासप्रश्वासको समस्या बढेको थियो । कोरोना संक्रमण पुष्टि भएको दुई हप्ता हुँदा सम्म अवस्थामा सुधार नभएपछि आफूहरु चिन्तित भएको पौडेलले बताए ।-फाइल तस्वीर