भारत कोरोना भाइरसको खोप बनाउने बिन्दुमा पुगेको दाबि

अन्तराष्ट्रिय

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देश कोरोना भाइरसको खोप बनाउने विन्दुमा पुगेको बताएका छन् । गत शुक्रबार मोदीले भारतमा तीन खोप विकास भइरहेको र यो महत्वपूर्ण चरणमा प्रवेश गरिसकेको बताए ।

मोदीका अनुसार तीनमध्ये एक खोप मानव परीक्षणको दोस्रो चरणमा प्रवेश गरेको छ भने अन्य दुई भ्याक्सिन तेस्रो चरणमा छन् । हिन्दुस्तानटाइम्सका अनुसार मोदीले देशका सबै नागरिकलाई चाँडै कोरोनाको खोप प्रदान गर्ने पनि बताएका छन् ।